जि न्युजसङ्गको उठबसले फेरि जन्मायो आक्रोश : मुख्यमन्त्री कार्यालयअगाडि बिहानै प्रदर्शन

जि न्युजसङ्गको उठबसले फेरि जन्मायो आक्रोश : मुख्यमन्त्री कार्यालयअगाडि बिहानै प्रदर्शन

कालापानी र सगरमाथावारे भ्रमात्मक प्रचार गर्ने भारतीय मिडिया जि न्युज नेपालमा बन्द गर्नुपर्ने मागसहित बुटवलस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालयसामु विद्यार्थीहरुले एकाबिहानै प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु केन्द्रीय सदस्य अनुप पाेखरेलले प्रदर्शनपश्चात् आयाेजित काेणसभामा भने,”प्रधानमन्त्री केपी शर्मा ओली भारतीय ईशारामा चलेकाे प्रस्ट देखिएकाे छ । उनी लाज पचाएका मान्छे हुन् । नैतिकताबिहिन हुँदै गएका छन् । नेपालकाे प्रधानमन्त्री भन्न पनि लाज लाग्न थालेकाे छ । “

पाेखरेलले केही महिनाअगाडि यही च्यानलले नेपाल र नेपालीलाई लज्जित पार्नेगरी प्रधानमन्त्री ओली र चिनियाँ राजदूतलाई जाेडेर अन्तर्राष्ट्रिय जगतमा बद्नाम गराएकाे नेपालीले नबिर्सिएकाे पनि बताए । उनले भने,- जसले नेपालकाे अखन्डतामाथि धावा बाेल्याे तिनै सुधिर चाैधरी र जि न्युज टिमलाई बाेलाएर प्रधानमन्त्रीले शीर झुकाउने काम गरेका छन् । बालुवाटारमा हामीले तिरेकाे करबाट भाेज खाएका चाैधरीले भोलिपल्टै सगरमाथा बेस क्याम्प पुगेर नेपाल र नेपालीकाे स्वाधिनतामाथि मिडियामार्फत आक्रमण गरेका छन् ।”

सगरमाथामा भारतकाे दावीकाे बिषयमा कामरेडहरु के भन्नुहुन्छ ? कि एउटा अन्तरवार्ता प्रशारण गरेसंगै भूगाेल नै बेच्नुहुन्छ ?

पाेखरेलले ओलीकाे पक्षमा वकालत गर्ने ,नाराबाजी गर्नेहरु सुधिर चाैधरिले सगरमाथा भारतकाे हाे भनेर बाेलेपनि बिराेध नगर्ने हुन् कि भन्ने आशंका ब्यक्त गरे । उनले भने,” म ओली कामरेडकाे पक्षमा वकालत गरिरहेका कामरेडहरुलाई साेध्न चाहन्छु हिजाे प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूतसंग जाेडेर अनर्गल प्रचार गर्दा तपाईंहरुकै फेसबुक,ट्विटरहरुमा सुधिरलाई तथानाम गाली गर्नुभयाे । आज फेरि त्यसैलाई पूजा गर्दै हुनुहुन्छ । सगरमाथामा भारतकाे दावीकाे बिषयमा कामरेडहरु के भन्नुहुन्छ ? कि एउटा अन्तरवार्ता प्रशारण गरेसंगै भूगाेल नै बेच्नुहुन्छ ?

बिद्यार्थीहरुले नेपालकाे भाैगाेलिक अखण्डताबिरुद्ध बाेल्ने अधिकार कसैलाई नभएकाे बताए ।

टिप्पणीहरू