सर्वोच्चले संसद विघटनविरुद्ध फैसला गर्नेछः अधिवक्ता भट्टराई

सर्वोच्चले संसद विघटनविरुद्ध फैसला गर्नेछः अधिवक्ता भट्टराई

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्ने गरी बलपूर्वक संविधानको व्याख्या नहुने तर सरल र सहज व्याख्या हुने विश्वास रहेको बताउनुभएको हो ।

संसद विघटनको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सम्पूर्ण नेपाली नागरिकहरु, प्रेस, नागरिक समाज, लिगल कम्युनिटी रहेको पनि बताउनुभयो ।

संसारका कानूनविदहरुले नेपालको घटनालाई नजिकबाट हेरिरहेकाले सर्वोच्च आदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने बताउनुभयो । संविधानको सपथ खाएर न्यायाधीश बन्नुभएका न्यायाधीशहरु संवैधानिक इजलाशमा रहनुभएकाले उहाँहरुले आफुले खाएको सपथ विपरित हुनेगरी फैसला गर्नुहुन्छ भन्ने कल्पना समेत गर्न नसकिने भट्टराईको भनाई छ ।

टिप्पणीहरू