शीतलनिवासमा भटाभट शपथ: बलमिच्याईमा को भन्दा को कम

शीतलनिवासमा भटाभट शपथ: बलमिच्याईमा को भन्दा को कम

प्रतिनिधिसभा विघटनअगाडि मङ्ग्सिर ३० गते भागबन्डामा ३८ वटा संबैधानिक पदको निम्ति निर्णय गरिएकाहरुलाई अहिले रास्ट्रपतिबाट सपथ खुवाउने काम सम्पन्न भएको छ ।

उहीँ दिन अध्यादेश ल्याई लटरपटरमा नियुक्तिको सिफारिस र ४५ दिने भाका कटाएर सँसदीय सुनुवाइबिनै यो काम फत्ये गरिएको हो । निर्णयका निम्ति डाकिएको बैठकमा सभामुखको उपस्थिति थिएन तर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाको भने सहमति थियो ।

हिजो निर्णय कार्यान्वयनको निम्ति बोलाइएको संबैधानिक परिषदको बैठकमा अनुपस्थित प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबरा भने हिजै नियुक्ति रोक्न परेको दिनेश त्रिपाठीको रिटका वावजुद आज शपथ ग्रहणमा साक्षी बस्न शीतल निवास पस्नुभएको छ । यो नियुक्तिमा उहाँले अख्तियारका निम्ति किशोर सिल्वालसहित सात वटा कोटा लिनुभएको बताइन्छ ।


आजको शपथवारे वरिष्ठ अधिवक्ता शम्भु थापा भन्नुहुन्छ-यही नियुक्ति छल्न प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नुभएको हो ।

टिप्पणीहरू