‘आज होईन भोलीलाई, १० वर्ष ओलीलाई’ भन्दै हुईंक्याइयो !
नेकपा ओली समूहले पर्सि नारायणहिटी राजदरबारको दक्षिणी पटाङ्गिनीमा आयोजना गर्न लागेको जनसभाको तयारी र प्रचार प्रसारको निम्ति आज काठमाडौंमा मोटरसाईकल र्यालीको आयोजना गरेको छ । कोटेश्वर बालकुमारीबाट शुरु गरिएको र्याली सातदोबाटो, जावलाखेल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, कान्तिपथ, दरबारमार्ग, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्टहुँदै तीनकुने पुगेर समापन गरिएको थियो ।
मोटरसाईकलमा बसेकाले ‘आज होइन भोलीलाई, १० वर्ष ओलीलाई’ नारा घन्काएका थिए । कतिपयले पञ्चर्यालीमा राजाको पूर्ण कदको तस्बिरलाई बोकेझैँ सवारी साधनमा ‘बा’ अर्थात् प्रधानमन्त्री ओलीको पूर्ण कदको तस्बिर राखेर शहर घुमेको समेत देखिन्थ्यो ।
सर्वसाधारणले भने राजा होउन् वा प्रधानमन्त्री, पञ्चायत होओस् वा गणतन्त्र सबै व्यवस्थामा राजनीतिक रूपमा शक्तिशाली हुन चाहने सबैलाई पुस र माघ महिना प्यारो भएको अर्थ लगाउँदै गरेको समेत सुनिन्थ्यो ।
टिप्पणीहरू