साइबर सेनापतिको उग्र स्टाटस

साइबर सेनापतिको उग्र स्टाटस

आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्ष वचनका ‘फलोअर’ ठान्नेहरूले यसबीच सामाजिक सञ्जाललाई लाजै लाग्ने गरी रंगाउन थालेका छन् । कानुनले पनि लिखितम र वकितम गरी दुई थरि प्रमाणलाई अघि सार्छ । कानुनतः लिखितमलाई वकितमको तुलनामा सप्रमाण मान्ने प्रचलन छ । नेकपा ओली समूह निकट साइबर सेनाका सिपाहीँलेझैं सेनापति तथा पूर्वमन्त्री महेश बस्नेतले सामाजिक सञ्जालमा उग्र शब्दमा नेताहरूको कटाक्ष गरेको देखिन्छ ।

बस्नेतले हालै लेखेका छन् ‘प्रचण्ड एण्ड कम्पनीलाई बनमान्छेबाट मान्छे बनाउन केपी ओलीको प्रयास असफल भएको छ । बरु प्रचण्डले मेरा सहयोद्धा घनश्याम, योगेश र रामकुमारीहरूलाई मान्छेबाट बनमान्छे र झाँक्रीबाट बनझाँक्री पो बनाउन सफल भए ।’

यसरी रिस र आवेगलाई तुच्छ शब्दमा रुपान्तरण गरी सामाजिक सञ्जालमा पोख्दा मन्त्रीको हैसियतमा पुगिसकेको व्यक्तिले व्यक्त गरेको विचार र सन्देशले समाजमा पार्नसक्ने असरबारे एक पटक हेक्का राख्ने कि ? साइबर सेना र सेनापतिको नाममा पोष्ट हुने गरेका यस्ता उग्र स्टाटसप्रति सम्बन्धित निकायले ध्यान दिन आवश्यक नठानेको हो वा छुट दिइएको हो ?

टिप्पणीहरू