बन्दमा ओली खेमाको मार्चपास
आजलाई आयोजना गरिएको नेकपा ओली समूहको प्रदर्शन तथा जनसभाको प्रचार प्रसारको निम्ति स्वयमसेवक अभिमुखीकरणको नाममा हिजो दिउँसो काठमाडौंमा पूर्व मन्त्री महेश बस्नेतको नेतृत्वमा केही युवाले मार्चपास गरेका छन् ।
दिउँसो पौने तीन बजे प्रदर्शनीमार्गस्थित वाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको केही सयको मार्चपास पद्यमोदय मोड,पुतलीसडक,कमलादी पुगी सोही रुट फिर्ता भएको थियो ।
कार्यक्रममा बस्नेतलगायत अनेरास्ववियुका संयोजक ऐन महर,राष्ट्रिय युवा संघका अध्यक्ष रमेश पौडेलको उपस्थिति थियो ।
टिप्पणीहरू