कहाँ-कहाँबाट के कति आए ?

कहाँ-कहाँबाट के कति आए ?

प्रधानमन्त्रीपक्षीय नेकपाले अहिले राजधानीमा आयोजना गर्न लागेको प्रदर्शन र आमसभाको लागि प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट अनेरास्ववियु संयोजक ऐन महर नेतृत्वमा पेशागत महासंघका अध्यक्ष बाबुराम थापा,प्रेस संगठन नेपालका संयोजक गणेश बस्नेतको अगुवाईमा झण्डै दुई हजार जनाको र्याली शुरु गरिएको छ ।

सहभागीहरुले केपी ओली जिन्दावाद,आजलाई होइन भोलिलाई पाँच वर्ष ओलीलाई, नेपाली जनताले के भन्छ समाजवाद ले भन्छ,विसर्जनवाद र अवसरवादको विरोध गरौं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, विदेशी सेना फिर्ता गरौं, जनता हामी जाग्दछौं निर्वाचनमा लाग्दछौं, उग्रवामपन्थी र दक्षिणपन्थीको विरोध गरौं भन्ने नारा लगाएका छन् ।

त्यसैगरी ललितपुर जिल्ला कमिटीको आयोजनामा कुपण्डोलबाट जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारको नेतृत्वमा पूर्व डिआइजी नवराज सिलवाललगायत झण्डै पाँच सय जनाको उपस्थितिमा राष्ट्रिय तथा पार्टीको झण्डा बोक्दै बाजागाजा तथा साँस्कृतिक झाँकीसहित र्याली सुरु भएको छ ।

उता,बुढानीलकण्ठ नगरपालिका र काठमाडौं क्षेत्र नम्बर ४ बाट दुई सय जनाको जुलुश कार्यक्रमस्थल नजिकै पुगेको छ । भक्तपुरको टोली सय जनाको छ भने काठमाण्डौ क्षेत्र नम्बर पाँचबाट करिव पाँच सय जनाको टोली दरवार नजिकै पुगेको छ ।

टिप्पणीहरू