प्रधानन्यायाधीशले सोध्नुभयो ‘संविधानमा नलेखिएका कुरा खोज्नुभएको हो ?’

प्रधानन्यायाधीशले सोध्नुभयो ‘संविधानमा नलेखिएका कुरा खोज्नुभएको हो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसमा आज प्रधानन्यायाधीशले सरकारको प्रतिरक्षामा बोलिरहनुभएका नायव महान्यायाधिवक्ता सन्जिवराज रेग्मीलाई सोध्नुभयो ‘अहिलेको संविधानमा संसदीय प्रणालीको बारे जति लेखिएको छ त्यत्ति मात्रै प्रधानमन्त्रीले अधिकार उपयोग गर्न पाउनुहुन्छ भन्ने निवेदकहरुको जिकिर छ । तर,तपाईंहरु चाँहि नलेखिएका कुरा पनि संसदीय मान्यता र प्रणालीको कुरा देखाएर प्रधानमन्त्रीले गर्न पाउने भन्दै हुनुहुन्छ । यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन गर्न पाइन्छ र ?’

जवाफमा उप्रेतीले भन्नुभयो ‘निवेदकले त्यस्तो भनेको मैले पाएको वा सुनेको छैन । हामीहरुले खोजेको पनि छैन । त्यसैले हाम्रो जस्तै संसदीय व्यवस्था भएका अन्य देशमा पनि संसद विघटनको उदाहरण छ ।’ त्यसपछि रेग्मीको बहस सकिएर सरकारको तर्फबाट लोकराज पराजुलीले बहस थाल्नुभएको छ ।

टिप्पणीहरू