नामको भोका ‘कमरेडहरू’
आफ्ना समकक्षी नेतासँग झोंक फेर्ने नाममा प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपामा आएको विभाजनपछि क्याम्प परिवर्तन गरेरै भएपनि मन्त्री बनेका कमरेडहरूमा जागेको नामको भोकले सीमा नाघेको छ ।
केहि दिनअघि दाङ्ग, चितवन र सर्लाहीमा उद्घाटन र शिलान्यास गरेर मार्बलमा नाम खोपाउनुभएका प्रधानमन्त्रीले बिहीबार काठमाडौंबाट स्वीच अन गरेर उद्घाटन गर्नुभएको पर्वतको कुश्मास्थित कुश्मा सबस्टेशन र प्रशारण लाइनमा पनि त्यसैगरी नाम लेखाउनु भएको छ ।
कुश्मामा बिहीबार उद्घाटित सबस्टेशन, प्रशारण लाइन र दाना सबस्टेशनको समुद्घाटन कार्यक्रम माननीय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीको उपस्थितिमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको व्यहोरा मार्बलमा खोपाइएको छ ।
उद्घाटन गर्नेको नाममा उपस्थित हुनेको समेत उल्लेख गरेपछि स्थानीयहरूले भनेका छन् ‘कमरेडहरू के विधि नामका भोका !’
टिप्पणीहरू