संवैधानिक नियुक्तिमा सरकारले कारण देखाउनुपर्ने
सर्वोच्च अदालतले संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिवारे सरकारका नाममा कारण देखाऊ आदेश दिएको छ । आयोगहरुमा गरिएको नियुक्तिविरुद्ध परेको रिटउपर हिजाे दिउँसो सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
संवैधानिक आयोगहरुको नियुक्ति संविधान विपरित भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माघ २० गते रिट निवेदन दर्ता गर्नुभएको थियो । रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि सरकारलाई भनेको छ ।
त्रिपाठीले दर्ता गरेको रिट निवेदनमा संसदीय सुनुवाई नगरी आयोगका पदाधिकारी नियुक्त गर्नु संविधानको व्यवस्था विपरित हुने भन्दै नियुक्ति रोक्न माग गरिएको थियो । रिटमा राष्ट्रपतिको कार्यालय,मन्त्रिपरिषद्को कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ ।
टिप्पणीहरू