किताबी व्याख्या र कमरेड ओली

किताबी व्याख्या र कमरेड ओली

नेपालको अहिलेको स्थिति झल्किने एउटा विदेशी पुस्तक छ, ‘हाउ कन्ट्री फेल्ड : सेभेन स्टेप ।’

एकजना टर्किस लेखकले तयार पारेको उक्त पुस्तकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई जस्ताको तस्तै चित्रित गरेको छ । तर, ओलीलक्ष्यित पुस्तक भने होइन त्यो । कुनै पनि देश असफल हुने सात कारण त्यसमा छन्, जुन नेपालको वर्तमान परिस्थितिसँग मिल्दो छ ।

पहिलो हो, गतिविधि सिर्जना गर्ने, अर्थात् कियट अ मुभमेन्ट । जस्तो कि, राम अयोध्यामा हैन, ठोरीमा जन्मिएका हुन् भन्ने अभिव्यक्तिबाट केपीले भारतविरोधी जनमत बनाउने कदम चाल्नुभयो । दोस्रो कदम छ, झुठको सहारा लिने । र, तेस्रो, मान्छेहरुलाई भ्रष्ट बनाउने । चौथोमा राज्यका सबै प्रणालीसहित अदालत र अन्य संस्थालाई भताभुंग बनाउने । पाँचौमा छ, आफ्नै राज्य चलाउने । छैठौँ हो, हाँस्य र रोमाञ्चकतासँगै त्रास उत्पन्न गराउने । र, सातौँ अवस्था हो, आफैँले देशका सबै चिजहरु नियन्त्रणमा राख्ने ।

टिप्पणीहरू