बालुवाटार घेर्न कस्सियो अखिल
नेकपा (बहुमत) निकट अनेरास्ववियुले अहिले बालुवाटार घेराउसङ्गै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउँदै छ ।
प्रतिगमनको विरोध गर्दै अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने कार्यक्रम भयरहेको र प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने कार्यक्रम राखिएको संगठनले जनाएको छ।
अनेरास्ववियु गत पुस ५ गते असंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलनरत छ ।
टिप्पणीहरू