छात्रा बलात्कार र हत्याविरुद्ध प्रदर्शन जारी
बैतडीमा भएको १७ वर्षिया किशोरी भागरथी भट्टको बलात्कारपछिको विभत्स हत्याको विरुद्ध आज पनि काठमाडौंको माइतीघरमा शान्तिपूर्ण धर्ना र ब्यानर प्रदर्शन भएको छ ।
माइतीघर मण्डलामा मेची- महाकाली बुहारी संयुक्त आवाजको आयोजना र सोही संस्थाकी बाग्मती प्रदेश अध्यक्ष विनिता अधिकारीको नेतृत्वमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुले भागिरथी भट्टको न्यायको लागि टाउकोमा कालोपट्टि बाँधी शान्तिपूर्ण धर्ना र ब्यानर प्रदर्शन गरेका हुन् ।
टिप्पणीहरू