अरु ओलीविरुद्ध, वैद्य संसदीय व्यवस्थाविरुद्ध

अरु ओलीविरुद्ध, वैद्य संसदीय व्यवस्थाविरुद्ध

प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीइतर शक्ति आन्दोलित बनिरहेका बेला मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) भने संसदीय व्यवस्थाकै विरुद्ध उभिएको छ ।

‘दलाल प्रक्रियावादी संसदीय व्यवस्था ध्वस्त गरौं, संघीय जनगणतन्त्र स्थापनाको दिशामा अघि बढौं’ भन्ने मूल नाराका साथ उक्त पार्टीले आइतबार काठमाडौँमा कार्टुन प्रदर्शनी तथा कोणसभाको आयोजना गरेको छ ।

कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष बन्धु पाण्डे, अखिल नेपाल (क्रान्तिकारी) महिला संघकी महासचिव शारदा महतलगायतले बोलेका थिए ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध विभिन्न राजनीतिक दल,नागरिक समाज, बुद्धिजीवी, पेशाकर्मीलगायत आन्दोलनमा छन् ।

टिप्पणीहरू