प्रधानमन्त्री हत्यारा र बलात्कारीको बा बन्नुभयो : अञ्जना बिशंखे

प्रधानमन्त्री हत्यारा र बलात्कारीको बा बन्नुभयो : अञ्जना बिशंखे

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) पक्षकी केन्द्रीय सदस्य अञ्जना विशंखेले प्रधानमन्त्री ओलीले हत्यारा र बलात्कारीहरुको संरक्षण गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै विशंखेले हत्या,बलात्कारीलाई सजाय दिनुको सट्टा मुकदर्शक भई प्रहरीको नेतृत्व गरेका गृहमन्त्री अहिले ओलीको शरणमा परेको भन्दै ओलीले उनलाई ‘काखको छोरो’ बनाएको समेत बताउनुभयो ।

उहाँले पछिल्लो समयमा भएका निर्मला पन्त,सम्झना बिक र भागरथीसहित ३ हजार ३ सय ४७ महिलाको हत्या र १७ बलात्कारका घटनाको जिम्मेवारीमा साझेदारी गर्ने गृहमन्त्रीलाई नै ओलीले काखी च्यापेको आरोप लगाउनुभएको छ । बिशंखेले रुकुम घटनाको नरसंहार हुँदा मुकदर्शक हुने प्रहरीलाई कारबाहीको सट्टा झन् त्यसलाई प्रवृत्तिको रुपमा स्थापना गर्न खोजेको समेत बताउनुभयो ।

टिप्पणीहरू