सरकारको अर्को उपहार, महङ्गीले हाहाकार
गत मध्यरातिदेखि लागू हुने गरी खाना पकाउने एलपीजी ग्याँस, पेट्रोल,डिजेल र मट्टितेलको भाउ बढेको छ । ग्याँसमा प्रति सिलिण्डर २५ रुपैयाँ र अन्य पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको हो ।
घर घरमा ग्याँसको पाइप पुर्याउने प्रधानमन्त्री ओलीको इच्छा र चाहनाले मूर्तरुप नलिए पनि घर घरमा ग्याँसको बढेको भाउ भने पुगेको छ ।
अब ग्याँसको भाउ काठमाडौंमा प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको छ । त्यसैगरी आजदेखि पेट्रोल प्रतिलिटर १ सय १२, डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ ।
घर घरमा ग्याँसको पाइप पुर्याउने प्रधानमन्त्री ओलीको इच्छा र चाहनाले मूर्तरुप नलिए पनि घर घरमा ग्याँसको बढेको भाउ भने पुगेको छ ।
टिप्पणीहरू