रामकुमारीलाई प्रहरीले लग्यो

रामकुमारीलाई प्रहरीले लग्यो

केही दिनअघि गोरखामा आयोजित नेकपा (बहुमत) को आमसभामा व्यक्त धारणाबारे सोधपुछका लागि गृह मन्त्रालयको ठाडो निर्देशनमा प्रहरीले लगाएको उर्दीलाई नेतृ रामकुमारी झाँक्रीले अस्वीकार गरिदिएपछि निकै अप्ठेरोमा परेको उपत्यका अपराध अनुसन्धान महाशाखा,बानेश्वरलाई रामकुमारी आफै चौकीमा जान तयार भएपछि सहज भएको छ । प्रहरीको उच्च स्रोतले भनेको छ ‘उहाँले आउन मान्नुभएको थिएन ।’
माघ २१ गते गृह मन्त्रालयमार्फत् भोलिपल्टै प्रहरी प्रधान कार्यालय पुगेको र महानगरीय आयुक्त कार्यालय,रानीपोखरी हुँदै तल झरेको अखिल नेपाल महिला संघ (अनेमसंघ) की संयोजक सीता पौडेलको निवेदनउपर राज्यबिरुध्दको कसुर (दफा ५८) अपराधमा कारबाही प्रक्रिया अघि बढाउन सोधपुछको लागि बोलाइएको प्रहरीको दाबी छ । तर,झाँक्री राजनीतिक विषयमा केरकारको लागि बोलाउँदा पक्राउ पुर्जीको माग गर्दै निवासमा बस्नुभएको थियो ।
प्रहरीले गैरकानुनी पक्राउको प्रयास गरेको भन्दै नेकपा कार्यकर्ताले उहाँको शंखमुलस्थित निवासमा घेरा हालेर धर्ना बसेका थिए । विवाद बढ्दै जाँदा अपराध महाशाखा केरकारका एकजना इन्स्पेक्टर दिनेश गौतमलाई धर्नाकारीले मुुक्याइदिएका छन् । उनीहरूले सिभिलमा रहेका आफ्ना कर्मचारीलाई भिजिलान्ते भन्ठानेर प्रहार गरेको प्रहरी स्रोतको दाबी छ । परिस्थितिलाई मध्यनजर गर्दै झाँक्री निवास बाहिर ब्याकअपमा टेकू र बानेश्वरबाट प्रशस्त प्रहरी खटाइएको थियोे ।
हिजोको आमसभाको वक्ता रहेकी झाँक्रीको समर्थनमा निवासमा पुगेका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रशासनको चर्को स्वरमा विरोध गरेका छन् ।

टिप्पणीहरू