रामकुमारीको गिरफ्तारीमा प्रहरी र युवाबीच झडप
नेकपा नेत्री रामकुमारी झाँक्रीको बलमिच्याईपूर्ण गिरफ्तारीविरुद्ध उपत्यकामा चर्को आक्रोश पोखिन थालेको छ । बानेश्वरमा प्रहरी र बिरोधमा उत्रिएका प्रदर्शनकारीबीच इँट्टा र लाठी हानाहान हुँदा केही युवा घाइते भएका छन् भने प्रहरीको एउटा सवारी साधनको शिशा फुटेको छ ।
आजै सर्वोच्च अदालतमा रामकुमारीको रिहाइका निम्ति बन्दी प्रत्यक्षिकरणको रिट दर्ता गरिएको छ । भोलि र पर्सि सार्वजनिक बिदा भएकोले यसको पेशी पर्सि आइतबार मात्र चढ्ने छ । सरकारले रामकुमारीलाई राज्यविरुध्दको कसुरअन्तर्गत सात वर्ष थुनिने दफा लगाए पनि अदालतबाट साधारण तारिखमा रिहाइ हुने सम्भावना अत्यधिक रहेकोका उहाँका कानूनी सहयोगीहरु विश्वस्त देखिन्छन् ।
यसअघि माइतीघर मण्डलामा भेला भएर बिजुलीबजार पुल हुँदै आएको अनेरास्ववियु र युवा संघकाे संयुक्त जुलुसले रामकुमारीको तत्काल रिहाइको माग गरेको थियो । हिमाल शर्माकाे नेतृत्वमा युवा संघका महासचिव नरेश शाही , महिला संघ अध्यक्ष अमृता थापा, केन्द्रीय सदस्य आरती लामा,विद्यार्थी नेता पवन कार्की,मङ्गल थापालगायतको जुलुस बानेश्वरस्थित एभरेष्ट हाेटलअगाडि विराेध सभामा परिणत भएको थियो ।
टिप्पणीहरू