फेकन्युजको फन्दामा प्रधानमन्त्री

फेकन्युजको फन्दामा प्रधानमन्त्री

देशको प्रधानमन्त्रीले चाहँदा जस्तासुकै सूचना र गतिविधि पाउन सक्नुहुन्छ । तर, उहाँ नै हावादारी खबरहरु सुनेर, पढेर आफ्नो धारणा प्रस्तुत गर्दै हुनुहुन्छ ।

जस्तो कि, प्रचण्ड–माधव पक्षको आम हड्तालका दिन घिरौँला र अन्य तरकारी फालिएका फोटोहरु छ्याप्छ्याप्ती बनाइयो । भनियो, किसानको तरकारी फ्याँकेर कसका लागि आन्दोलन गरेको ? वास्तवमा बिहारमा फालिएका घिरौंलाका फोटो थिए ती । अर्थात्, ती समाचार हावादारी (फेक) थिए । त्यही क्रममा मुला र काउली फ्याँकिएका फोटो पनि आए । तीचाहिँ नेपालकै हुन् । तर, २२ गतेको आमहड्तालका हैन, त्यसअघि लकडाउनका समयमा किसानले बिक्रि नभएको रिसमा फ्याँकेका थिए ।

गोंगबुमा टयाक्सी जलेको एउटा फोटो सही थियो । तीबाहेक अरु तीन वटा फोटो आए, जुन फेक थिए । तर, प्रधानमन्त्री तिनै फेक न्युजका आधारमा बोल्न थाल्नुभयो । प्रधानमन्त्रीलाई सबै कुराको जानकारी हुँदैन । युवा संघका रमेश पौडेल, किरण पौडेल, ऐन महरहरुले आफ्नो फेसबुकमा जे–जे हाल्छन्, तिनै–तिनै स्ट्याटस हेरेर उहाँले बोल्ने गरेको बालुवाटारस्रोत बताउँछ । जस्तो कि, भीम रावलले महिलाको किड्नी हालेको भनेर कहिल्यै बोल्नुभएको छैन । तर, कतै आएको फेक न्युजका आधारमा प्रधानमन्त्रीले भाषण नै ठोकिदिनुभयो । यसरी प्रधानमन्त्री नै फेक न्युजको शिकार हुने र त्यसलाई पत्याएर बोल्ने भएपछि देश कहाँ पुग्ला ?

टिप्पणीहरू