शिलान्यास केवलकारको, जुलुश प्रधानमन्त्रीको

शिलान्यास केवलकारको, जुलुश प्रधानमन्त्रीको

लुम्बिनी केबलकारको शिलान्यासकानिम्ति फागुन १ गतेका दिन बुटवल पुग्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा दुई दिनअघि नै बिहीबार मोटरसाईल जुलुस निकालिएको छ ।

बुटवलको बनघाटमा बनाउन लागिएको केबलकारको शिलान्यासपछि दीपनगरमा आयोजना हुने आमसभाको प्रचारनिम्ति नेकपा ओली समूहले निकालेको मोटरसाइकल ¥यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल,केन्द्रीय सदस्य तथा उद्योग, पर्यटन,वन तथा वातावरणमन्त्री लीला गिरी र अर्का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री युवा इञ्चार्ज महेश बस्नेतलगायतले हिजो संयुक्त रुपमा शुभारम्भ गरेका थिए ।

पेट्रोलपम्पमा मोटरसाईकल लाईन

कार्यक्रममा मोटरसाइकल लिएर आउनेलाई बुटवलदेखिको दूरीको आधारमा प्रतिबाइक कम्तिमा ५ लिटर पेट्रोल दिइएको थियो ।¥यालीमा सहभागिता जनाउनुअघि मोटरसाईकल चालकहरु सरकारी स्वामित्वको पेट्रोल पम्पमा पुगी नाम टिपाउँदै पेट्रोल हालेको दृश्य भने निकै चाखलाग्दो देखिन्थ्यो ।

प्राप्त विवरणअनुसार भैरहवास्थित आयल निगमको एउटा पेट्रोल पम्पबाट मात्रै ३ सय लिटर पेट्रोलको लागि एकमुष्ठ रकम तिरेर ६० वटा मोटरसाईकलमा ५ लिटरको दरले हालिएको थियो । काठमाण्डौ बानेश्वर निवासी प्रलयँकर आचार्य इन्चार्ज रहेको निगमको उक्त पम्पमा मात्र दैनिक औसत एक ट्यांकर पेट्रोल बिक्री हुने गरेको बताइन्छ । हिजो कुपनबाहेक नगद तिरेर हालेको समेत हिसाब गर्दा झण्डै डेढ ट्यांकर तेल खपत भएको निगम स्रोतले बताएको छ ।

त्यसअघि बुटवलको ¥यालीमा सहभागी हुन सालझण्डीबाट बुटवलतर्फ जाँदै गरेका ५ वटा मोटरसाइकल चालक र ती पछाडि बसेकाहरुले बेलबासमा नास्ता खाँदै गरेको गफ पनि निकै रमाइलो थियो । तीमध्ये एकजनाले नेताको पारामा भन्दै थिए, ‘मस्त खाओ साथी हो,तेल हाल तर,मैले बोलाएको बेला यसरी नै आउनुपर्छ ।’

¥यालीका सहभागीहरुले जनविरोधी होशियार,बोली अलि पिरो हो, केपी ओली हिरो हो, आज होइन भोलिलाई १० वर्ष केपी ओलीलाई लगायतका चर्का नारा लगाएका थिए ।

टिप्पणीहरू