हिजो गिरफ्तार, आज विशिष्ट अतिथि

हिजो गिरफ्तार, आज विशिष्ट अतिथि

राज्यविरुद्धको अपराधमा हिजो दिउँसो पक्राउ परेर साँझ रिहा हुनुभएकी नेकपा (बहुमत) की नेतृ रामकुमारी झाँक्री आज राजधानीमा आयोजित नेकपा र अनेरास्ववियु बझाङ–काठमाडौं सम्पर्क मञ्चको भेलामा विशिष्ट अतिथि बन्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहनुभएको कार्यक्रममा बोल्दै अतिथिहरूले झाँक्रीको गैरकानुनी पक्राउको बिरोध गर्नुभएको छ ।

बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सुदूर पश्चिमका नेकपा नेता भानुभक्त जोशी,युवा संघका अध्यक्ष प्रकाश,अनेरास्ववियु केन्द्रीय सदस्य तपेन्द्र शाही, सामाजिक अभियन्ता मंगल थापालगायतको उपस्थिति थियो ।

यसअघि हिजो चावहिलमा आयोजित नेकपा सोलुखुम्बुको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई निरंकुश तानाशाहीको विशेषण भिराइदिनुभएको छ । उहाँले केही अघिको घटनाको स्मरण गर्दै केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गर्दा प्रधानमन्त्रीले उल्टै केन्द्रीय समितिलाई सडकछापको संज्ञा दिएर बैठक अस्वीकार गरेकाले पार्टी अहिलेको अवस्थामा आइपुगेको बताउनुभएको छ ।

टिप्पणीहरू