महिलाहरुको सिंहदरबार मार्च

महिलाहरुको सिंहदरबार मार्च

प्रतिनिधिसभा विघटनबिरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरेको बृहत् नागरिक आन्दोलनले शुक्रबार महिला हिंसाविरुद्ध विरोध प्रदर्शन गरेको छ । महिला हिँसा र बलात्कारका घटना बढिरहेका बेला बसन्तपुरबाट शुरु भएको नागरिक मार्चपास वसन्तपुर,न्यूरोडगेट,बीर अस्पताल, शान्तिबाटिका,रणद्विप पुल,पुरानो बसपार्क,भद्रकाली हुँदै सिहंदरबार गेट पुगेर कोणसभामा परिणत भएको छ ।

मार्चपासमा युग पाठक,साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला,पूर्व मिस नेपाल श्रीङ्खला खतिवडा,राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी,वरिष्ठ पत्रकार नारायण वाग्ले,सामाजिक अभियन्ता डा. गोविन्द केसी, कैलाश राई,अर्जुन थापालगायतको सहभागिता थियो ।

मार्चपासमा सहभागीहरुले मुखमा कालो मास्क र आँखामा कालोपट्टी लगाएका थिए । सो क्रममा उनीहरुले …keep your politics out of my body, ‘बलात्कारको घटना दिनदिनै बढछ,गृहमन्त्री भन्छन् नेपालमा कम छ,’ ‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम,’ ’मौलिक हक हुँदैछ हनन्, हरेकदिन प्रतिगमन’ जस्ता नारा लगाएका छन् ।

 

 

टिप्पणीहरू