भोलि जनयुद्ध दिवस

भोलि जनयुद्ध दिवस

नेकपा (बहुमत) ले भोलि जनयुद्ध दिवस मनाउने भएको छ । नेकपा केन्द्रीय कार्यालयले शुक्रबार जिल्ला कमिटीहरूका नाममा सर्कुलर जारी गर्दै ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा जनयुद्ध दिवस मनाउन भनिएको हो ।

नेपाली समाजको आमूल परिवर्तन गर्ने उद्घोषका साथ तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध घोषणा गरेको थियो । त्यसैको सम्झनामा फागुन १ गतेलाई माओवादीहरूले जनयुद्ध दिवसका रूपमा मनाउने गरेका छन् ।

माओवादीहरूले विशेष रूपमा मनाउँदै आएको जनयुद्ध दिवस पछिल्लो समय भने औपचारिकतामा मात्रै सीमित हुने गरेको छ । टुटफुट र विभाजनका कारण फरक फरक अस्तित्वमा रहेका माओवादी पार्टीहरूले जनयुद्ध दिवस पनि त्यहि किसिमले मनाउँदै आएका छन् ।

 

टिप्पणीहरू