नागरिक अगुवाहरूको अहिंसात्मक प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभाको असंवैधानिक विघटनविरुद्ध आज फागुन १ गते शनिबार, दिउँसो १२ बजे माइतीघर मण्डलामा अहिंसात्मक नागरिक प्रदर्शन हुने भएको छ । नागरिक अगुवाहरूको सहभागितामा अधिनायकवादविरुद्धको आन्दोलन भन्दै अगुवाहरूले प्रदर्शन गर्न लागेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको लागि चाल्नुभएको असंवैधानिक कदमविरुद्ध मुलुकभर दिनहुँ विरोध प्रदर्शन,नारा,जुलुस भइरहेका छन् ।
टिप्पणीहरू