प्रधानमन्त्रीसङ्ग सचेत प्रश्न
समाजमा बढ्दै गएको बालिका तथा किशोरी बलात्कार,हत्या र हिंसाको विरुद्ध सचेत नेपालीले आज फागुन १ गते शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । बैतडीकी किशोरी भागरथीको बलात्कारपछि गरिएको हत्याको विरुद्ध सचेत नेपाली समूहले दिउँसो ३ बजे माइतीघरबाट राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्नसहितको नारा लगाउने भएका हुन् ।
आयोजक समितिले दिएको जानकारीअनुसार सहभागीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई निर्मला पन्त र भागरथी भट्टजस्ता कलिला छोरीलाई बलात्कारपछि हत्या गर्नेहरु किन स्वतन्त्र घुम्न पाइरहेका छन् ? भनेर सोध्नेछन् ।
त्यसैगरी कलिला चेलीहरुको आत्माको शान्तिका लागि पापीहरुलाई जनताको अगाडि बुझाइदे,पुलपुल्याएर नलुका झुण्ड्याइ दे भन्दै नारा पनि लगाउने छन् ।
टिप्पणीहरू