राजा फर्काउन आन्दोलन
“उपत्यकावासी नेपाली जनता” संस्थाले फागुन ८ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।
संस्थाले वैदिक सनातन धर्मसहितको राजसंस्था पुनर्स्थापनामा ऐक्यबद्धता जनाउँदै विशाल जनप्रदर्शनमा सहभागिताको लागि आव्हान गरेको छ ।
माइतीघर मण्डलामा बिहान ११ बजे भेला भएपछि सहभागीहरुले जुलुससहित बानेश्वरस्थित एभरेष्ट होटल अगाडि आमसभा गरेर जनप्रदर्शनको समापन गर्ने योजना छ ।
टिप्पणीहरू