सिद्धेश्वरीको मैदानमा ओलीकाे साइत

सिद्धेश्वरीको मैदानमा ओलीकाे साइत

बुटवल,सिद्धेश्वर माविकाे प्राङगणमा अायाेजित सरकार पक्षीय प्रदर्शनकाे लुम्बिनी प्रदेशबाट सन्चालित अधिकांश रेडियाे,टिभी मात्रै हाेइन अनलाइनले समेत लाईभ गर्ने तयारी छ ।

प्रेस संगठन नेपालकाे हिजाे याेगिकुटीस्थित हाेटल पाैवामा सम्पन्न भेलाले प्रधानमन्त्री केपी शर्मा अाेलीले सम्बाेधन गर्ने कार्यक्रमलाई हरेक मिडियामार्फत प्रत्यक्ष प्रसारणको चाँजाेपाँजाे मिलाएको हो ।

स्राेतका अनुसार प्रत्यक्ष प्रसारण गरेबापत हरेक अनलाइनलाई कम्तिमा ८ हजारदेखि १५ हजार सम्म,हरेक रेडियाेलाई १० हजार र हरेक टेलिभिजनलाई ३० हजारदेखि ५० हजारसम्म दिने सहमति छ ।

केन्द्रीय तथा स्थापित मिडियाहरुले सरकारी कदमकाे चर्काे बिराेध गरिरहेको अवस्थामा स्थानीय मिडियाहरुलाई अार्थिक सहयाेग गर्दा दोहोरो सहयोग हुने र आत्मीयता बढ्ने निस्कर्श निस्किएको हो । साेहि सुझावलाई अंगिकार गर्दै पहिलाे चरणमा उक्त अभ्यास लुम्बिनीबाट थालिने बताइन्छ ।

बुटवल सभामा सहभागी हुन प्रदेशका हरेक स्थानीय पालिकाका टाेल टाेलमा बस,साना गाडीहरु पठाइएकाे छ । स्थानीय नेताहरुले हप्ता दिन अगाडिदेखि नै घरदैलाे गरेर बुटवल जानेकाे नामावली तयार पारेका छन् ।

सभामा सहभागिताकाेलागि पूर्व एमालेहरुलाइ बढि फाेकस गरिएकाे छ । रुपन्देहीकाे शुद्धाेधन गाउँपालिकाका एक जना वडाध्यक्षले नाम नबताउने शर्तमा भने, “हामीले खासगरिकन पूर्व एमालेकै साथीहरुलाई जाेड गरेका छौं । पूर्व माअाेवादीहरु भरपर्दा छैनन् । यसैले हिजाे संगै काम गरेका साथीहरुलाई नै सहभागी गराउन थालेका हौं । ”

काठमान्डूमा सरकारबिराेधी नेकपा प्रचण्ड-माधव समूहले अामसभा गरेपछि सामाजिक सन्जालमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री अाेलीका निकटतम र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले काठमाडौका पत्रकारहरुलाई अामसभा हेर्न बुटवल अाउने निम्तो पठाएका छन् ।

केही हप्ताअगाडि माधव-प्रचण्ड खेमाले बुटवलकाे हस्पिटल लाइन अगाडि गरेकाे अामसभालाई पनि पाेखरेलले ब्यङ्ग्य गर्दै केही कठ्ठामा गरेकाे अामसभा भनेका थिए ।

आज ओली समूहकाेलागि तय भएकाे अामसभास्थल पनि डेढ बिगाहकाे हाराहारीमा रहेकाे छ । ज्ञानेन्द्र शाहले सत्ता अाफ्नाे हातमा ल्याई शाही शासन शुरु गरेपछि तत्कालिन एमालेले साेहि स्थानबाट अान्दोलनकाे शंखघाेष गरेकाे थियाे । उक्त सभालाई तत्कालिन एमाले महासचिव माधव नेपालले सम्बाेधन गरेका थिए ।
अाजकाे सभालाई सफल पार्न र मान्छेहरुकाे भीड उतार्न लुम्बिनी प्रदेश सरकारले राज्यका सबै संयन्त्र उपयाेग गरेकाे छ । मुख्यमन्त्रीसहित मन्त्रीहरु हप्तादिनदेखि अामसभाकाे तयारीमा जुटेका छन् । विगतमा शाहीकालकाे बिरुद्ध अान्दाेलनकाे मैदान बनेकाे सिद्धेश्वरी माविकाे प्राङगण यतिबेला भने प्रधानमन्त्री अाेलीकाे कदम बचाउने अभियानमा प्रयाेग हुँदैछ ।

टिप्पणीहरू