ओली समूहको चुनावी जनयुद्ध दिवस

ओली समूहको चुनावी जनयुद्ध दिवस

नेकपा ओली समूहनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ, केन्द्रीय समितिले २६ औं जनयुद्ध दिवस मनाएको छ । राजधानीको मध्यबानेश्वरस्थित एउटा क्याफेमा केही दर्जन सहभागीको उपस्थितिवीच आज बिहान उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

‘महान जनयुद्ध,कम्युनिष्ट जनआन्दोलन,संविधान र राष्ट्रिय स्वाधिनताको रक्षा गरौं र स्वच्छ समाजवादको निर्माण,ताजा जनादेशमार्फत् सफल बनाऊँ’ भन्दै आयोजित कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री रामबहादुर थापा बादल हुनुहुन्थ्यो । सभापतित्व भने लालबहादुर थापाले गर्नुभएको बताइन्छ ।

जनयुद्ध दिवसको बत्ती

२६औं जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियुले आज साँझ बृहत् दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्ने भएको छ । रत्न राज्यलक्ष्मी क्याम्पस कमिटीको आयोजनामा हुन लागेको कार्यक्रम क्याम्पस हातामा साँझ ६ बजे हुने आयोजकले जानकारी दिएको छ ।

तत्कालीन माओवादीले अढाइ दशकअघि शुरु गरेको सशस्त्र जनयुद्धको सम्झनामा हुने दिवस अहिले विभिन्न गुट र समूहले आफ्नै ढंगले मनाउने गरेको देखिन्छ ।

टिप्पणीहरू