बिहानदेखि आज तारन्तार बैठक

अपरान्ह ४ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि प्रमुख राजनीतिक दल तथा समूहहरुको बैठक एकपछि अर्को ठाउँमा भइरहेको छ ।

त्यहि क्रममा बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवन नम्बर २ स्थित नेकपा संसदीय दलको कार्यालयमा नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल एवम् वरिष्ठ नेता झलनाथ खनालसहितको उपस्थितिमा आन्तरिक छलफल भएको छ ।

छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठ,स्थायी समिति सदस्य भीम रावल,वर्षमान पुन तथा सभासद् कृष्णभक्त पोखरेललगायत झण्डै १० जनाको उपस्थिति रहेको छ ।

यसअघि आजै बिहान सभामुख अग्निप्रसाद सापकोटासँग उहाँको कार्यकक्षमा अध्यक्षद्वय प्रचण्ड र नेपालले भेटवार्ता गर्नुभएको छ । सभामुखसँग करीब आधा घण्टा जति भेट भएको थियो ।

टिप्पणीहरू