संगठन मिलाउन माओवादीले बनायो कार्यदल

संगठन मिलाउन माओवादीले बनायो कार्यदल

नेकपा (माओवादी केन्द्र)ले संगठन पुन:निर्माणको कार्ययोजना बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । आजै बसेको स्थायी कमिटी बैठकले गिरिराजमणि पोखरेल, वर्षमान पुन,पम्फा भुषाल र जनार्दन शर्मा रहेको कार्यदल बनाएको हो ।

सर्वोच्च अदालतको फैसलाले नेकपाको एकता भंग गरी पुरानै अवस्थामा फ़र्काइदिएकाले संगठनात्मक कामलाई व्यवस्थित गर्न कार्यदल गठन गरेको एक नेताले जानकारी दिए ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे ब्रिफिङ गर्नुभएको थियो ।

टिप्पणीहरू