पूर्व जनमुक्ति सेनासंग प्रचण्ड

पूर्व जनमुक्ति सेनासंग प्रचण्ड

पूर्व जनमुक्ति सेनाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता पेरिसडाँडा पुगेका छन् । प्रशिक्षण तथा भेलालाई अध्यक्ष प्रचण्ड,उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रवक्ता पम्फा भुसालले सम्बोधन गर्ने बताइएको छ ।

पूर्वजनमुक्ति सेना स्वास्थ्यकर्मी तेस्रो डिभिजनका कम्पनी कमाण्डर जिग्मी भुजेलको सभापतित्वमा भर्खरै कार्यक्रम शुरु भएको हो ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति र पूर्व जनमुक्ति सेनाको भूमिकाका विषयमा प्रष्ट पार्नुहुने छ । भेलाका सहभागीहरुले भने पहिला जस्तै सपना देखाएर प्रयोग मात्र नगर्न नेताहरुलाई चेतावनी दिंदै चित्तबुझ्दो जवाफ नआए प्रशिक्षण बहिस्कारसम्मको तयारी गरेको बताइएको छ ।

टिप्पणीहरू