भक्तपुरमा माओवादी र वाईसीएल

भक्तपुरमा माओवादी र वाईसीएल

माओवादी केन्द्र र वाईसीएलले भक्तपुरमा आज एक समारोहकाबीच आफ्नो कार्यालय पुनस्थापना गरेका छन् ।

भक्तपुर नगरपालिका–१ स्थित सृजनानगर, सल्लाघारीमा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) र योंग कम्युनिष्ट लिग (वाईसीएल) को जिल्ला कार्यालय पुनर्स्थापना गरिएको हो ।

माओवादी केन्द्र,जिल्ला कमिटीको आयोजना, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिलिप प्रजापतिको नेतृत्वमा जिल्ला अध्यक्ष दिवाकर श्रेष्ठ,सचिव देवीप्रसाद ढकाल (डि.पी),बाग्मती प्रदेश सांसद उर्मिला श्रेष्ठ (प्रजापति),वाईसीएल अध्यक्ष दिनेश (आक्रोश) थपलियालगायतको उपस्थितिवीच जिल्ला कार्यालय पुनर्स्थापनाको कार्यक्रम आयोजना गरिएको थियो ।

टिप्पणीहरू