प्रधानमन्त्रीको बिगुल
प्रधानमन्त्री केपी ओलीले यसपटकको केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा आमसभा गरेर बोलाउनुभएको छ । बैठकमा उपस्थित हुन उहाँले आमसभाबाटै जम्मै केन्द्रीय सदस्यलाई बोलाउनुभएको हो ।
एमालेमा केन्द्रीय कमिटीको बैठक बोलाउने नयाँ चलन शुरु भएको छ । यति सालको यो महिना यति यति गते केन्द्रीय कमिटीको बैठक बस्दै छ, सबैजना आउनु हैऽऽ भनेर बोलाएपछि सकियो । जम्मै केन्द्रीय सदस्यलाई चिठी लेख्ने, इमेल गर्ने, कन्फर्म गर्ने….अब यस्तो जमाना गयो । सिधै आमसभामा गएर बोल्ने, बैठकमा आउनू भनी आह्वान गर्ने, आए आओस्– नआए नआओस् ।
हुन त पहिले–पहिले राणाकालमा पनि यस्तै हुनेरहेछ । इमर्जेन्सी परेर कोतमा हाजिर हुनुपर्यो भने धरहराको टुप्पोबाट बिगुल फुकेर सबै भारदारलाई कोतमा आऊ है भनेर आह्वान गर्ने । अहिले धरहरा बनिसकेको छैन । बन्दै छ । त्यसैले प्रधानमन्त्रीले आमसभाबाट बैठकमा आउन आह्वान गर्नुभयो । राणाहरू धरहराको टुप्पोबाट भेला बोलाउँथे, ओलीले आमसभाबाट बैठक बोलाउनुभयो । केही फरक छ त ?
टिप्पणीहरू