ओली–नेपाल संवाद

ओली–नेपाल संवाद

धेरै समयपछि एकाएक प्रधानमन्त्री खड्गप्रसाद ओली र भूतपूर्व प्रधानमन्त्री माधव नेपालबीच भेटघाट भयो । भेटघाटको सारचाहिँ यस्तो थियो –

ओली – के छ माधवजी ? दुब्लाउनुभएछ नि !
नेपाल – अँ, प्रेसर बढ्यो । तपाईं चाहिँ मोटाउनुभएछ !
ओली – अँ, सुगर बढेछ । अरू के छ नि ?
नेपाल – अरू ठिकै छ । तपाईंको ?
ओली – मेरो पनि ठिकै छ । अनि तपाईंको ?
नेपाल – मेरो पनि ठीकै छ भन्या । अघि नै भनेको होइन ? कति सोध्नुप¥या ?
ओली – कस्तो मान्छे । सोध्नु पनि नहुने ?
नेपाल – हुन्छ । तर, सोध्ने पनि तरिका हुन्छ नि । त्यही कुरा कतिचोटि सोध्ने ?
ओली – जतिचोटि मन लाग्छ त्यति चोटी सोध्ने । भयो अब ?
नेपाल – तपाईंले जहिले जहिले सोध्यो तहिले तहिले जवाफ दिनलाई तपाईंको कमारा हुँ म ?
ओली – तपाईंलाई कसले कमारा भन्यो ?
नेपाल – तपाईंको आशयले भन्यो नि ।
ओली – आशयमा किन जाने ? मूल कुरामा आउनुस् न !
नेपाल – म त आइरहेकै छु, तपाईं आउनुस् न ।
ओली – म त मूल कुरामै छु । तपाईं पो कता कता जानुभयो ।
नेपाल – इस् जानुभो !
ओली – इस् जानुभो !
नेपाल – इस् !
ओली – इस् !
नेपाल – इस् ! इस् !
ओली – इस् ! इस् ! इस् ! इस्……

टिप्पणीहरू