सरकारी नियुक्ति भटाभट
सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा साहित्यकार तथा कान्तिपुरका पूर्व पत्रकार फूलमान बललाई नियुक्त गरेको छ ।
यो पदका निम्ति दोलखाका रमेश खड्का,नेपाल टेलिभिजनका मनोहरि थापालगायत ४ र अन्य गरी ७ जनाले आवेदन गरेका थिए । सञ्चार मन्त्रालयले बलको नाम एक नम्बरमा राखेर सिफारिश गरेको उच्च स्रोतले बताएको छ ।
त्यसैगरी विज्ञापन बोर्डको अध्यक्षको निम्ति सूचना तथा प्रशारण बिभागका कोरोना (लकडाउनकालीन महानिर्देशक) लेखनाथ शर्मा (स्याङ्ग्जा),रमेश खड्का(दोलखा),बलराम उप्रेती (काठमाण्डौ),लक्ष्मण हुमागाई (पनौती),बालकृष्ण बस्नेत (दोलखा),असिम श्रेष्ठ (काठमाण्डौ) लगायत ८ जनाले आवेदन गरेको बताइन्छ ।
यसबीच मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सबै सदस्य नियुक्त गरेको छ । जसअनुसार हुम्लाका नवराज महतारा,गोपाल तिवारी,प्युठानकी विमला पाण्डे,गिरु भण्डारी,ऋषि श्रेष्ठ (भक्तपुर,नमस्ते टिभी) पर्नुभएको छ । पाण्डे पत्रकार महासंघ केन्द्रीय सदस्य द्वारिका काफ्ले (सिन्धुली) की जीवन सङ्गिनी हुनुहुन्छ ।
प्रेस काउन्सिलको रिक्त दश सदस्यमा पनि शरद अधिकारी (दाङ),गणेश पोख्रेल (झापा),हरि जोशी(कन्चनपुर),चिरञ्जीवी मास्के (दोलखा),ठाकुर बेल्वासे (साहित्यिक),लालबाबु शेख (पर्सा) सहितको नियुक्ति भएको छ,स्रोतका अनुसार यसपटक समितिमा काठमाडौं बाहिरका धेरै जनालाई राखिएको छ ।
टिप्पणीहरू