मैले तपाइँहरुको रहर पूरा गरिदिएको छु

मैले तपाइँहरुको रहर पूरा गरिदिएको छु

रामशाहपथस्थित नवनिर्मित महान्यायधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महान्यायधिवक्ता अग्नि खरेलले राजीनामाको घोषणा गर्नुभएको छ । सञ्चारकर्मीहरुलाई अघि राखेर उहाँले

आजचाहिँ तपाईंहरूको चाहना पूरा गरिदिएँ भन्न भ्याउनुभयो । गत माघ २८ गते महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिन लागेको खबर जनआस्थामार्फत बाहिरिएको थियो । त्यो समयमा प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्धा अदालतमा विचाराधीन हुँदा खरेललाई राजीनामा दिनबाट रोकिएको थियो । त्यसको झण्डै एक महिनापछि राजीनामा दिएर खरेलले पत्रकारहरुको इच्छा पूरा गरेको सुनाउनुभएको हो ।

“अस्ति को-कोले लेख्नुभएको थियो,आफैं जान्‍नुस्। तर,आज मैले तपाईंहरुको त्यो इच्छा पूरा गरिदिएको छु,”:

उहाँले प्रधानमन्त्रीसँग असहमति भएर वा विमति भएर नभई सल्लाह गरेरै राजीनामा दिएको सुनाएपछि प्रधानमन्त्री वा सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता हुँदाहुँदै प्रम ओलीले बाबुराम दाहाललाई कानुनी सल्लाहकार बनाएर भित्राएको कारण उहाँ प्रमसँग रुष्ट बन्नुभएको बताइन्थ्यो ।

राजीनामाको घोषणापछि तीन बर्षको कार्यकालमा भएका उपलव्धीहरु सुनाउन भ्याएका खरेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त हुनुभएको हो ।

खरेलको राजीनामासँगै भावी महान्यायाधिवक्ताको रुपमा उनै दाहाल वा रमेश बडालमध्ये एक जना बन्न सक्ने प्रम ओली निकटका कानुन व्यवसायीहरु सुनाउँछन् ।

टिप्पणीहरू