दुई किशोरले किन विष खाए ?
हिजो दिउँसोदेखि हराएका काठमाडौंको बाँगेमुढामा बस्दै आएका दुई किशोर आज मृत फेला परेका छन् ।
कुकुर र डाक्टरसहित घटनास्थल दक्षिणकाली पुगेका काठमाण्डौ प्रहरी प्रमुख अशोक सिंह र एसपी रमेश बस्नेतसहितको टोलीले ती दुई किशोरको शव चेक गर्दा सेलफास नामक गहुँमा राख्ने ओखती सेवन गरेको खुलेको छ ।
मृतकहरु नुवाकोट ईन्द्रावती गाउँपालिका -२ छाप घर भई हाल काठमाडौ बाङेमुढा बस्ने र कक्षा १० मा पढ्दै ईलेक्टृसिएन काम गर्दै आएका वर्ष १६ का अर्जुन खड्का र काभ्रे घुम्लु ५ घर भएका वर्ष १७ का मंगल तामाङ हुन् ।
यी दुबै जना हिजो देखि हराएको र अर्जुन खड्काका सौतेनी दाजु सुरज गिरी तथा मंगल् तामाङ्गको बुबा चन्द्रबहादुर तामाङ्गले घटनास्थलमा आई लाश पहिचान गरेर पोस्टमार्टमको लागि अहिले टिचिङ हस्पिटल लगेको बताइन्छ ।
टिप्पणीहरू