९ सय ६० को कफीलाई ४० हजार ?
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मोटोपन घटाउने नाममा ९ सय ६० रुपैयाँ पर्ने ग्रीन कफीलाई ४० हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि एक जना विदेशीसहित दुईजनालाई समातेको छ ।
काठमाण्डौंको नयाँबजार, खुशीबुस्थित टिम वान सप्लायर्सका सञ्चालक ४२ वर्षे आशिष आचार्य र रसियन नागरिक इगोरकुर्टसलाई ग्रिन कफीको सेवनबाट वजन घटाउने नक्कली विज्ञापन सामाजिक सञ्जालमार्फत् प्रशारण गरेर ठगी गरेको उजुरीका आधारमा ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरूले ग्रिन कफीलाई ४० गुणासम्म महँगोमा बिक्री गरेको पाइएको थियो । त्यसैगरी उनीहरूले कानुनबमोजिम अनुमति नलिई अन्य सामाग्रीहरू समेत बिक्री गरेको पाईएको छ ।
पक्राउ परेका अभियुक्तहरूको नेटवर्क भारत र रुसमा समेत भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ किलो कफी,२५ थान ल्यापटपलगायत सामान बरामद गरेको छ ।
टिप्पणीहरू