अमेरिकी राष्ट्रपति चिप्लिए (भिडियो)
अमेरिकी राष्ट्रपति जो बाइडेन हवाइजहाज चढ्ने क्रममा भर्याङबाट चिप्लेर लडेका छन् । स्थानीय समयअनुसार राजधानी वासिङ्गटनबाट जर्जियातर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति एअरफोर्स वानको सिँढीमा लडेका हुन् ।
गत साता एटलान्टाको एउटा मसाज पार्लरमा गोली प्रहारका कारण भएको मानवीय हताहतीको घटनापछि राष्ट्रपति बाइडेन केही एसियाली समुदायका नेताहरूसँगै त्यता जान लागेका थिए ।
बुढ्यौली उमेरका भएपनि बाइडेन फूर्तिकासाथ हवाइजहाजको भर्याङ् चढ्ने क्रममा लडेका हुन् । लडेर उठेपछि राष्ट्रपतिले केही खुट्किला चढेर विमानमा प्रवेश गर्नुअघि सँधैझैँ बाहिर फर्केर हात हल्लाएका थिए ।
प्राप्त समाचारमा जनाइएअनुसार उनको घुँडामा ‘हेयर लाइन क्रयाक’ भएको ठानिएको छ । त्यस्तोमा केही सातासम्म विशेष खालको सुरक्षा बुट लगाउनुपर्ने हुन्छ ।
नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन जितेका बाइडेन एक महिनाअघि आफ्नो कुकुर मेजरसँग खेल्ने क्रममा पनि चिप्लिएका थिए । त्यतिबेला उनको गोलीगाँठोमा चोट लागेको थियो ।
https://www.facebook.com/watch/?v=757471058296689
टिप्पणीहरू