अचेल यी गाडी किन भारतीय दूतावास छिर्छन् ?

अचेल यी गाडी किन भारतीय दूतावास छिर्छन् ?

सर्वोच्च अदालतको फैसलापछि आइतबारदेखि मुलुकको राजनीति नसोचेको ढंगले तरल र संकटोन्मुख हुँदै जाँदा काठमाडौंस्थित भारतीय दूतावासमा छिर्ने सवारी साधनको संख्या पनि ह्वात्तै बढेको छ । दूतावासको कूटनीतिक नम्बर प्लेट भएका र यहाँ रहेका भारतीय नागरिकहरूले प्रयोग गर्ने सवारी साधनबाहेक यसबीच झण्डै डेढ दर्जन अन्य सवारी साधन नियमितझैं दूतावास छिर्ने गरेको स्रोतले बताएको छ ।

भारतीय दूतावास नियमित छिर्ने गाडीहरूमध्ये बा९च ९००६ नम्बरको पनि एउटा हो । उक्त गाडीलाई परराष्ट्र मन्त्रालयको चलानी नम्बर १८०११२९ को पत्रानुसार २०७४ पुस २८ गते एचसीवान क्याटेगरीमा दर्ता गरिएको देखिन्छ ।

एनएमबी बैंकको वित्तीय सहयोगअन्तर्गत यज्ञदास श्रेष्ठको नाममा २०७६ भदौ ८ गते दर्ता भएको बा२१च ९७९९ नम्बरको र दि डेकोरेस प्राइभेट लिमिटेडको नाममा दर्ता रहेको बा१९च ३७१ नम्बरको गाडी पनि अचेल लैनचौरस्थित भारतीय दूतावासमा छिर्नेमध्येका गाडी हुन् ।

कस्तुरी लजिष्टिकको नाममा रहेको तर बैंक अफ काठमाडौंबाट ऋण सहयोगमा खरिद गरिएको बा २२च ६२४१ नम्बर र बा २३च १०५६ नम्बरको गाडी पनि नियमित जसो भारतीय दूतावासमा छिर्ने गरेको बताइन्छ । जबकि बा २३च १०५६ नम्बरको गाडी प्रिज्मा एडभरटाइजिङका मालिक रञ्जितराज आचार्यको नाममा दर्ता रहेको देखिन्छ ।

टाइगर टुर्स एण्ड ट्राभल्सको नाममा बा २१च ६२९५ र लक्ष्मी बैंक, हात्तिसारको नाममा रहेको बा १५ च ९२०४ नम्बरको गाडीले समेत प्रायः लैनचौरको चक्कर लगाइरहेको हुन्छ । स्रोत भन्छ ‘ती गाडी पनि भारतीय दूतावासको मूल ढोकाबाट भित्र–बाहिर गरिरहने सवारी साधनमध्येकै हुन् ।’

नेपाल इन्भेष्टमेण्ट बैंकबाट ऋण लिएको र उत्तमराज सिलवालको नाममा दर्ता रहेको बा १२च ७०० नम्बरको,सिप्रदी कम्पनीबाट किनिएको बा ८च ८४८७ (कास्की सहमति), हिरामणि घिमिरेको नाममा रहेको बा ८च ५०२८ नम्बरका गाडीका धनी पनि नियमित रुपमा भारतीय दूतावासको दर्शन गर्न जाने मध्येका हुन् ।

उता,दक्षिण भारतीय नागरिक थोमस मर्रेको फास्ट फ्रेट लजिस्टिकको बा १९च ६००८ र राष्ट्रिय वाणिज्य बैंकबाट ऋणमा खरिद गरिएको मनोजकुमार श्रेष्ठको नाममा रहेको बा१२च १२१३ नम्बरको गाडी पनि दूतावासमा देखिने सवारी साधनमध्येकै रहेको स्रोतको दाबी छ । मर्रे तिनै व्यक्ति हुन् जसलाई पर्यटन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाको नाम ठाउँ कुठाउँ बेच्दै हिँड्ने गरेको र पोखरा बैदामको लजमा देहब्यापारी युवतीसङ्ग रङ्गेहात समातिएर ८ दिन हिरासतमा बसेपछि डिआइजी रमेशशेखर बज्राचार्यले आङ्गछिरिङ्गको भनसुनमा छुटाएको आरोप लागेको छ ।

भारतीय दूतावासमा प्रायः जसो बेलुकीपख छिर्ने अन्य सवारी साधनमा कालिकाकुमार जेभी भीमदत्त कञ्चनपुरको बा २०प ५५५, राष्ट्रिय वाणिज्य बैंकको वित्तीय सहयोगमा विष्णुप्रसाद पौडेलले खरिद गरेको बा १८च ८४८५,सुवोध प्रधानको नाममा रहेको बा१५च ७४२५ रहेको उच्च स्रोतले बताएको छ ।

यस्तै सोल्टी होटलले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा खरिद गरेको बा १२च ६५४५ नम्बरको गाडी,एनएमबी बैंकको ऋणमा सुन्दरप्रसाद जोशीले खरिद गरेको बा१९च ६८७ नम्बरको सवारी साधन र इजी इन्फा प्रालिको नाममा दर्ता रहेको बा१५च ४५ नम्बरका सवारी साधन पनि प्रायः भारतीय दूतावास छिरिरहेको देख्न सकिने गाडीमध्येका हुन् भनिन्छ ।

गाडी विभिन्न व्यक्ति र संस्थाको नाममा दर्ता भएपनि दूतावास छिर्ने काममा अन्यले प्रयोग गरेको पनि हुनसक्छ । कतिपय गाडी मालिक, संस्था र भारतीय दूतावासबीच गोरु बेचेको साइनोसमेत नदेखिएकाले ती सवारी साधन अन्य उद्देश्यको लागि गोपनीयता कायम राख्न अरुले नै प्रयोग गरेको हुनसक्ने स्रोतले बताएको छ ।

टिप्पणीहरू