रगतको अभाव रोक्न रक्तदान

रगतको अभाव रोक्न रक्तदान

१ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय महिला अधिकार मञ्च,काठमाडौंले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ मञ्चले काठमाडौंको वसन्तपुर डबलीमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कोभिड–१९ को कारण ब्लड बैंकमा समेत रक्त अभाव देखिन थालेपछि समयमा रगत उपलब्ध नहुँदा बिरामीको ज्यानसमेत जोखिममा पर्ने भएकोले आफूहरूले रक्तदान कार्यक्रम गरेर महिला दिवस मनाएको आयोजक संस्थाकी महिला अधिकारकर्मी रमिला योञ्जनले बताइन् ।

रक्तदाताहरूलाई सम्मानस्वरुप मञ्चले प्रशंसा पत्रसमेत प्रदान गरेको थियो । होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मञ्चकी केन्द्रीय कोषाध्यक्ष सरिता घिमिरे, ललितपुर जिल्ला अध्यक्ष विष्णु खनाल,कार्यक्रम संयोजक सन्ध्या आचार्य,ब्यलोदन नेपालका अध्यक्ष आरबी ठकुरीलगायतको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ ।

सँधै भाषण मात्र गरेर महिला दिवस मनाउने गरेको महिला अधिकारकर्मीहरूमाथि लाग्दै आएको आरोप चिर्न मञ्चले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय महिला दिवस फरक ढंगले मनाएको बताइएको छ ।

टिप्पणीहरू