अझै पनि केही अनुत्तरित प्रश्न
– वैकुण्ठ ढकाल
पुस ५ गतेयता नेपाली राजनीति यसरी तरंगित भइरहेको छ कि कुनै अनुमान लगाउन सकिएको छैन । पुस ५ यता जे भइरहेको छ त्यो सबै आन्तरिक कारणले मात्रै हो भन्ने पत्याउन निकै कठिन छ । यसको कारण आन्तरिक मात्रै हैन भनेर लख काट्न जो–कोहीले सहजै सक्ने भइसकेको छ । तर पनि केही विषय अनुत्तरित छन् । त्यसमध्ये केही प्रश्न यहाँ उल्लेख गरिएको छ ।
१. नाकाबन्दी किन भयो ?
हुन त भारतले नाकाबन्दी गर्दा नेपालकै मधेस केन्द्रित दलका नेता राजेन्द्र महतोले नाकाबन्दी हामीले गरेको भनी पारिपट्टि उभिएर भने । तर, नाकाबन्दी किन गरियो भन्ने जवाफ अहिलेसम्म भेटिएको छैन । संविधानसभाबाट संविधान जारी भएको विरोधमा नाकाबन्दी गरेको भनिएको छ । नाकाबन्दी हामीले गरेको भनेर सगौरव घोषणा गर्ने मधेस केन्द्रित दलका केही नेता थिए । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीको विरोधमा कडा रूपमा आफूलाई प्रस्तुत गरे । यसले ओलीलाई ‘महान् राष्ट्रवादी’नेताका रूपमा स्थापित गरायो । हुन त नेपाली मिडिया र नेपाली समाज कहिलेकाहीँ भएको एउटा हुन्छ, देखाइदिन्छ अर्कै । ओलीका सन्दर्भमा पनि त्यही भएको हो । नाकाबन्दीले नेपाल र नेपालीलाई धेरै कुरा सिकायो । तर, नेपाली जे कुरा पनि चाँडै बिर्सन्छ । नाकाबन्दीको पीडा नाकाबन्दी खुलेको केही समयमा बिर्सिए । अहिले नाकाबन्दी पनि भएको थियो र भन्ने भएको छ धेरैलाई । तर, नाकाबन्दी किन भयो अनि खुल्यो ? त्यसको जवाफ छैन ।
२. नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता ?
पार्टी केपी ओलीलाई दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउन मात्रै भएको थियो कि अरू केही कारण थियो ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको विषयले त धेरैलाई आश्चर्यचकित पा¥यो । अनि दुई पार्टीबीच नै एकता घोषणा भएपछि त अर्को ठूलो आश्चर्य भयो । एकता हुने बेलामै धेरैले शंका गरे यो धेरै समय टिक्दैन । आखिरमा भयो नै त्यही । एकता प्रक्रियाले पूर्णता नपाउँदै दुई पार्टी अलग हुने परिस्थिति बन्यो । सर्वोच्च अदालतको फैसलाले दुई पार्टीलाई ब्यूँताइ दियो र दुई पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदियो । तर अब दुई पार्टी पुरानै अवस्थामा रहन नसक्ने देखिएको छ । दुई कम्युनिष्ट पार्टी मिल्नु राम्रै कुरा थियो । तर दुई पार्टी केपी ओलीलाई दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउन मात्रै भएको थियो कि अरू केही कारण थियो ? वा कम्युनिष्ट पार्टी फुट्न एक हुने हो आखिर त्यही भएको हो त ?
३. सिके राउत र सरकारबीच तीनबुँदे सहमति
सिके राउत र सरकारबीच तीनबुँदे सहमति भयो । तीनबुँदे सहमतिमा त्यस्तो केही ठूलो कुरा छैन । तर राष्ट्र विखण्डनको माग लिएर आएको पार्टीलाई सरकारले ठूलो सम्मान दियो । प्रधानमन्त्री केपी ओलीले आफ्नो हाराहारीको सम्मान दिएर राष्ट्रिय सभाबाट सार्वजनिक गरिदिए । त्यसपछि सिके राउत के गर्दै छन् ? उनको पार्टी के गर्दै छ भन्ने निकै कमलाई मात्रै थाहा छ । सिके राउतले के प्रयोजनका लागि पार्टी खोले ? किन सरकारसँग सहमति गरे अहिलेसम्म अनुत्तरित छ ।
यत्ति सहमति गरेर टुंगिने विप्लवको कस्तो आन्दोलन थियो, कस्तो क्रान्ति थियो ?
४. प्रतिनिधिसभा विघटन ?
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरे । त्यसको केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस सदर गरिदिइन् । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिटहरू परे । लामो समय बहस चल्यो । यी सबै कुराको पूर्वानुमान लगाएर प्रधानमन्त्री केपी ओलीले सुनियोजित तरिकाले गरेको भन्ने ठूलो पंक्ति थियो । घटनाक्रमले त्यो कुरालाई पुष्टि पनि गरिरहेको थियो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आउनु, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापति निकटका मानिस संवैधानिक निकायमा नियुक्त हुनु । त्यो बीचमा प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच बाक्लो भेटघाट हुनु । सर्वोच्चमा प्रधानमन्त्रीको कदमको बचाउ गर्न उनीपक्षीय वकिलले पनि बलियो तर्क प्रस्तुत गर्न नसक्नु । महान्यायाधिवक्ताले समेत मैले संवैधानिक दायित्व मात्रै निर्वाह गरेको निरीह जवाफ दिए । बहसले प्रधानमन्त्री ओलीको काम असंवैधानिक भएकाले संसद् विघटन बदर हुने पक्कापक्कीजस्तै देखियो । अनि प्रधानमन्त्रीको ‘टोन’ फेरियो । न्यायाधीशको मतले पनि प्रधानन्यायाधीश विघटन बदर गर्नुपर्ने फैसलामा पुग्न बाध्य भए । यो प्रधानमन्त्री निकटस्थहरूसँग प्रधानन्यायाधीशको कुराकानी भयो । आफ्नो कदम बदर हुने पक्कापक्की भएपछि प्रधानमन्त्री ओलीको नयाँ कुरा आयो– सदर भए ६ महिना, बदर भए अढाइ वर्ष । अर्थात् विघटन सदर भए ६ महिनामै चुनाव गराउनुपर्ने भन्ने बुझाइ थियो प्रधानमन्त्रीको । बदर भए प्रतिनिधिसभाको यो कार्यकालभरि आफैँ प्रधानमन्त्री हुने भन्ने थियो । यसले प्रधानन्यायाधीशको पनि शाख जोगिने, प्रधानमन्त्रीको पनि पद जोगिने । के प्रतिनिधिसभा विघटन आफू नभए कसैको पनि हुन दिन्न भनेर प्रधानमन्त्रीले गरेका थिए त ? कि अरू पनि धेरै कारण थिए ? यी प्रश्न अनुत्तरित नै छन् । यो बीचमा जे–जे भयो, क–कसको के भूमिका थियो भनेर स्पष्ट रूपमा खुलेको छैन । कम्तामा यो बीच सञ्चारमाध्यमले निर्वाह गरेका भूमिकाहरू प्रशंसनीय नै छन् । तर, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेललगायत ओली पक्षका नेतालाई जे हुन् त्यही रूपमा देखाइदिएको भए गज्जब हुन्थ्यो । कहिलेकाहीँ मिडियाले व्यक्ति र प्रवृत्ति जे हुन् त्यही नदेखाइ दिएर समस्या पारेका छन् ।
५. नेकपा विप्लव समूह र सरकारबीच तीनबुँदे सहमति ?
दुई वर्षअघि आफैंले प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द समूहसँग सरकारले तीनबुँदे सहमति ग¥यो । यो सहमति हेर्दा टीठलाग्दो छ । सहमतिमा केही कुरै छैन, सामान्य कुरा छन् । यत्ति सहमति गरेर टुंगिने विप्लवको कस्तो आन्दोलन थियो, कस्तो क्रान्ति थियो ? अनेकन प्रश्न उठेका छन् । के सहमति देखाउने दाँत मात्रै हुन् ? सहमतिको भित्री रहस्य खुल्दै जाला । जे–जे भए पनि देशमा अर्को एउटा अतिवादको अन्त्य भयो ।
६. ऋषि कट्टेलको नेकपाको पक्षमा फैसला ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपाको रूपमा निर्वाचन आयोगमा पनि दर्ता भयो । अनि ऋषि कट्टेल आफूलाई अन्याय भयो भनेर सर्वोच्च अदालत गए । अदालतले अनेक कारण देखाउँदै झुलाउँदै, झुलाउँदै अहिलेसम्म ल्यायो । अनि देशमा चरम राजनीतिक विवाद भइरहेको बेला सर्वोच्चले फैसला सुनायो, अनि निवेदकले मागेभन्दा बढी दिएको भनेर टिप्पणी गरेका छन् । जे होस्, सर्वाेच्चको फैसलाले नेपाली राजनीतिलाई अर्को मोडमा पु¥याएको छ । दुई वर्षभन्दा बढी टारिएको मुद्दामा एकै दिनको बहसबाट फैसला भएको छ । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाको समर्थन गरेका प्रचण्ड–नेपाल समूहलाई बडो अप्ठ्यारोमा पारिदिएको छ । ओलीपक्ष दंगदास छ । प्रतिनिधिसभा विघटन बदर भएपछि धेरैलाई लागेको थियो प्रधानमन्त्री ओलीले राजीनामा दिन्छन् । तर, प्रधानमन्त्रीले विकल्पहरू धेरै छन् भनेर बडो आत्मविश्वासमा प्रस्तुत भए । सायद प्रधानमन्त्री विकल्पहरू धेरै छन् भनेका मध्ये एउटा विकल्प नेताहरुको घोक््रयाइ पनि देखियो । अरू विकल्प ल्याउँदै जालान् । सर्वोच्चको यो फैसलाले आफूलाई बलियो बनाएको ठानेका ओलीले पछिल्लो पटक चालेको कदमले कहाँ पु¥याउने हो हेर्न बाँकी छ । तर, यही बेला यो फैसला आउनु, ओली निकै खुशी हुनुको कारण के हो ? अनुुत्तरित छ ।
यस्ता अनुत्तरित प्रश्न अनेक छन् । त्यसको जवाफ पाउन धेरै समय लाग्न सक्छ । समय क्रममा यस्ता अनेकौँ अनुत्तरित प्रश्न पनि आउने नै छन् । तर, यसको जवाफ पाउँदा निकै ढिलो भइसकेको हुन सक्छ ।
टिप्पणीहरू