प्रचण्डसँग यसकारण भारत चिढियो

प्रचण्डसँग यसकारण भारत चिढियो

भारतीय पक्षले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्षले पछिल्लो आमनिर्वाचनअघि दिएको वाचा तोडेकाले ‘अविश्वासिलो व्यक्ति’ भन्दै प्रचार गरिरहेको चर्चा छ । उसका अनुसार प्रचण्डले त्यसबेला नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो पार्टीको एकीकरण नहुने वाचा गर्नुभएको थियो । नेपाल- भारत राजनीतिक मामिलाका एकजना जानकारका अनुसार ‘इण्डियाले त्यतिबेला ओलीले भारतविरोधी भावना फैलाएर चुनाव लडेको निश्कर्ष निकालेको थियो । त्यहि भावनामा चुनाव जितेको समेत उसको ठहर थियो ।’

ओलीले अपनाएको त्यो बेलाको चुनावी रणनीतिले भारतलाई निकै झस्कायो । त्यसैले उहाँलाई कमजोर बनाउन भन्दै भारतले धेरै लगानी माओवादी केन्द्र र उसका उम्मेदवारलाई गरेको भारतीय स्रोतको दाबी छ । अहिले त्यहि बेलाको आपसी सहयोगका कतिपय हतकण्डा एक्सपोज गर्ने तयारीसमेत गरिएको बताइन्छ । यसो गर्नुको कारण बताउँदै स्रोत भन्छ ‘प्रचण्डले एमालेसँग एकीकरण नगर्ने वचन दिएपनि त्यस विपरीत एकीकरण गर्नुुलाई भारतले अहिलेसम्म धोका ठान्दै आएको छ ।’

‘ओली एकातिर बहालरत प्रधानमन्त्री,दोस्रो वर्तमान राष्ट्रपतिसँग ट्युनिङ मिल्ने भएको र ‘अनपपुलर’ भएपनि पार्टीभित्र बहुमत हासिल गरेकाले भारतलाई आगामी दिनमा महत्वपूर्ण डिल गर्न सहयोगी हुने’ भएकाले पहिलो प्राथमिकतामा ओलीलाई राखेको ती विश्लेषकको ठहर छ ।

भारतको बुझाई दाहालले एकीकरण गर्दिंन,चुनावी सहकार्य मात्र गर्छु भनेपनि आफूहरूलाई झुक्याए भन्ने हो । स्रोत भन्छ- ‘चुनावी सहकार्य गर्दा माओवादीले आफ्नो क्षमता ठूलो हुने र रणनीतिक हिसाबले महत्वपूर्ण हुने विश्वास भारतलाई दिलाएको थियो । तर,चुनावपछि चिनियाँहरूको सल्लाह मानेर पार्टी एकीकरण गर्नुभयो । त्यसमा सबैभन्दा धेरै प्रचण्डबाट धोका भयो ।’

भारतले आवश्यक परेको बेलामा आफू र चीनमध्ये कुनै एक रोज्नुपर्दा प्रचण्डले उत्तरलाई नै रोज्ने गरेको निश्कर्ष र आरोप लगाएको छ । स्रोतले प्रचण्ड चीनसँग गोप्य साँठगाँठमा समेत संलग्न भएको आरोप लगाउँदै भनेको छ ‘त्यसपछि भारतले प्रचण्डलाई विश्वासयोग्य पात्र नभएको ठहर गरेको हो ।’

भारतले पनि त्यसपछि ‘यु टर्न’ हुँदै प्रधानमन्त्री ओलीलाई नै विश्वासयोग्य मित्र बनाउने योजना बनाउन थाल्योे । तीन वर्षदेखि त्यसैमा जुट्यो । ‘ओली एकातिर बहालरत प्रधानमन्त्री,दोस्रो वर्तमान राष्ट्रपतिसँग ट्युनिङ मिल्ने भएको र ‘अनपपुलर’ भएपनि पार्टीभित्र बहुमत हासिल गरेकाले भारतलाई आगामी दिनमा महत्वपूर्ण डिल गर्न सहयोगी हुने’ भएकाले पहिलो प्राथमिकतामा ओलीलाई राखेको ती विश्लेषकको ठहर छ ।

तर,एमाले विभाजित भयो र ओली कमजोर भएको अवस्थामा दोस्रो विकल्पमा उसले काँग्रेस,ओली र मधेशवादी दलको सरकार बनाउनुपर्छ भन्दै आएको छ । त्यस्तो अवस्थामा पनि सकेसम्म प्रचण्ड र माधव नेपाललाई बाहिरै राख्नुपर्छ भनिएको छ ।

नयाँ रणनीति अघि सारेको छ ‘कम्युनिष्टहरूलाई छिन्नभिन्न पार्नुपर्छ । मुख्य दलहरूभित्र अराजकता छिराइदिनुपर्छ र अनि चीनलाई सोध्नुपर्छ-नेपालमा कसले भनेको लागु हुँदो रहेछ त,देख्यौ ?’

भारतको विश्वास छ जसपा ‘ब्रेक’ हुँदैन । किनभने जसपामा उपेन्द्र यादव धेरै कमजोर भएका छन् । अर्कोतर्फ महन्थ ठाकुर र महतोसँग १७ जना सांसद ‘इनट्याक्ट’ छन् । बरु यादवका केहीले यसबीच ओलीतिर हिमचिम बढाएका छन् । विमल श्रीवास्तव,इस्तियाक राई, रेणु यादवहरूले परेको अवस्थामा मसक्क आँट्नेछन् । त्यस्तो अवस्थामा उपेन्द्र उनीहरूसँगै लोली मिलाउँदै हिँडे भने पार्टी विभाजन हुँदैन । भोलि पार्टीभित्र भोटिङको स्थितिमा ठाकुर–महतोले ओलीलाई समर्थन गर्ने,बाबुराम र उपेन्द्रले प्रचण्डलाई समर्थन गर्ने अवस्था आयो भने उपेन्द्रका केही मान्छे यताउता हुने भारतीय विश्वास छ ।

अर्कोतर्फ बाबुराम भट्टराई बढी सेन्टिमेण्टल कुरा गर्ने भएकाले उपेन्द्रले पनि आफू वा भट्टराई प्रधानमन्त्री बन्ने अवस्था नभएकाले अरुलाई प्रधानमन्त्री बनाउने नाममा आफ्नो पार्टीलाई ध्वस्त नबनाउने सोच्न थालेका छन् । त्यसैले उनले भन्नेछन् ‘आफ्नै कारणले पार्टीलाई किन विखण्डन गर्ने ?’ मधेशवादी राजनीतिलाई नजिकबाट हेरेकाहरूले भनेका छन् ‘शीर निहुराएर भए पनि उनी महन्थ र महतोको पछि लाग्नुको विकल्प हुँदैन ।’

नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा विश्लेषण गर्ने क्रममा भारतीय पक्षले नेपालका कम्युनिष्टहरू स्थायी रुपमा छिन्नभिन्न होउन् भन्ने चाहना राखेको बताइन्छ । यता, प्रधानमन्त्री ओलीको चाहना भने आफ्नो व्यक्तिगत स्वार्थको लागि जेसकै र जस्तोसुकै मूल्य चुकाइन्छ भन्ने रहेको छ । त्यसैले भारतले चीनको योजना भताभुङ्ग बनाउने भन्दै नयाँ रणनीति अघि सारेको छ ‘कम्युनिष्टहरूलाई छिन्नभिन्न पार्नुपर्छ । मुख्य दलहरूभित्र अराजकता छिराइदिनुपर्छ र अनि चीनलाई सोध्नुपर्छ-नेपालमा कसले भनेको लागु हुँदो रहेछ त,देख्यौ ?’

टिप्पणीहरू