सावधान,वीरगञ्जबाट कोरोना छिर्यो

सावधान,वीरगञ्जबाट कोरोना छिर्यो

भारतको कोलकाता र मुम्बईबाट हालै वीरगञ्ज आएका तीनजनामा गम्भीर प्रकृतिको निमोनिया देखिएको एक जना डाक्टरले सामाजिक सञ्जालमा लेखेर जानकारी दिएका छन् ।

डा. निरज सिंहले बिहीबार फेसबुकमा लेखेका छन् ‘कलकत्ता र मुम्बईबाट वीरगञ्ज आएका दुई, तीन जनामा गम्भिर प्रकृतिको निमोनिया देखिएको छ ।’ उनका अनुसार भारतमा पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएकाले विभिन्न राज्यमा लकडाउन शुरु गरिएको छ ।

अर्को साता आइतबार र सोमबार परेको फागुपर्वको अवसरमा भारतबाट नेपाल आउने मानिसको संख्यालाई ध्यानमा राखेर मास्क र सामाजिक दूरीलाई कडाइका साथ पालना गर्न अति आवश्यक रहेको समेत डा. सिंहले बताएका छन् । यसतर्फ सम्बन्धित सबैको ध्यान जाओस् भन्दै उनले कोरोनाको नयाँ लहरको सम्भावनालाई उजागर गरिदिएका हुन् ।

भारतको महाराष्ट्र राज्यमा बिहीबार हालसम्मकै सबैभन्दा धेरै नयाँ कोरोना संक्रमित भेटिएको छ । एकैदिन २५ हजार ८ सय ३३ जना कोरोनाका नयाँ बिरामी भेटिएपछि मुम्बइ शहर रहेको राज्यमा गत वर्षकोभन्दा पनि भयावह अवस्था हुनसक्ने आशंका गरिएको छ ।

त्यहाँ यसअघि सबैभन्दा धेरै सेप्टेम्बर ११ का दिन २४ हजार ८ सय ८६ जना नयाँ संक्रमित भेटिएका थिए । बिहीबारसम्म महाराष्ट्र राज्यमा मात्रै कोरोनाबाट ५३ हजार १ सय ३८ जनाको ज्यान गइसकेको छ ।

टिप्पणीहरू