रिसाहा हात्तीका सामु २ बर्षकी छोरीसहित पापी बाउ
अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगो चिडियाघरमा रिसाहा हात्तीलाई घेरेर राखिएको ठाउँ दुई वर्षकी छोरी बोकेर छिरेका एक व्यक्ति (भिजिटर) लाई प्रहरीले समातेको छ । रिसाहा जंगली हात्ती राखिएको ठाउँमा ती व्यक्ति कसरी पुगे भन्नेमा प्रहरी नै आश्चर्यचकित परेको बताइन्छ ।
निकै सुरक्षित घेरामा राखिएको हात्ती भएको ठाउँमा ती बाउछोरी कसरी पुगे भन्नेमै प्रहरीले दिमाग खियाएको देखिन्छ । हात्तीलाई नजिकबाट हेर्ने र छोरीलाई पनि देखाउने भनेर २५ वर्षे जोसे नवर्रेट जोखिम मोल्दै शुक्रबार विभिन्न छेकबार पार गरेर पुगेको अनुमान गरिएको छ ।
सीसीटीभीमा सानी छोरी बोकेका जोसे बारभित्र छिरेपछि हात्तीले उनीहरूलाई आक्रामक ढंगले पछ्याएको देखिन्छ । हात्तीबाट बच्न उनले पहिले छोरीलाई सुरक्षित स्थानमा फाले र अनि आफू पनि भागेका थिए । त्यसक्रममा नवर्रेट,उनकी छोरी र हात्तीलाई कुनै चोटपटक नलागेको बताइएको छ ।
पुलिसका अनुसार नवर्रेटलाई सान डिएगो काउन्टी जेलमा राखिएको छ । उनलाई ‘बाल निर्दयी’ को आरोप लगाइएको छ भने तत्कालको लागि १० हजार अमेरिकी डलर धरौटी मागिएको छ ।
टिप्पणीहरू