प्रचण्डसङ्ग चिनियाँ राजदूत र माधव नेपालको भेट
राष्ट्रिय राजनीतिसँगै सत्तारुढ दल नेकपा एमालेभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान आफ्नो निवास खुमलटारमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्नुभएको छ ।
भेटमा समसामयिक राजनीतिबारे कुराकानी भएको बताइएको छ । त्यसअघि आजै चिनियाँ राजदूत हौ यान्छीले खुमलटार पुगेर अध्यक्ष दाहालसँग भेट गर्नुभएको थियो ।
भेटमा राजदूत हौले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र सर्वोच्चको फैसलापछि विभक्त नेकपा माओवादी तथा एमालेको अवस्थाबारे जिज्ञासा राख्नुभएको बताइन्छ ।
टिप्पणीहरू