उजुरी छानबिन गर्न प्रहरी टोली सुनसरी पुग्यो
सुनसरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको एउटा उजुरीमाथि आवश्यक प्रक्रिया शुरु नभएको गुनासो बढेपछि नेपाल प्रहरीले मुख्यालयबाट एउटा टोली छानबिनको लागि आज सुनसरी पुगेको छ ।
कुटपिटको एउटा घटनामा संलग्न सबै अभियुक्तलाई पक्रेर आवश्यक कारबाही नगरेको गुनासो प्रहरी प्रधान कार्यालयमा पटक पटक परेपछि छानबिन थालिएको बताइएको छ ।
गुनासोमा ‘प्रतिवादीहरू खुलमखुल्ला बजार घुमिरहँदा पनि पक्राउ गरेको छैन’ भनिएको छ । झण्डै एक महिनाअघिको कुटपिट मुद्दाको जाहेरीमा आठ जनाको नाम किटानी गरिएको थियो । तर, एक जनालाई मात्र पक्राउ गरेर अरुलाई छाडिएको गुनासो प्रहरी प्रधान कार्यालयमा पुगेको हो ।
तर, सुनसरी प्रहरीले असम्बन्धित व्यक्तिलाई पक्राउ गर्दा परिस्थिति बिग्रने भएकाले अनुसन्धानको क्रममा रहेको बताउँदै ‘सामान्यतयाः मधेशमा एउटाले अर्कोलाई पिट्दा पनि ५० जनालाई प्रतिवादी बनाएर उजुुरी हाल्ने प्रवृत्ति बढेको’ उल्लेख गरेको छ ।
उक्त घटनामा पिटिने र पिट्ने दुवै मधेशी समुदायका हुन् । तर, विवादित दुई पक्षबीच झगडा नसल्टियोस् भन्ने उद्देश्यले स्थानीय क्याटलिष्टले मुख्यालयमा उजुरी गरेको स्रोतले बताएको छ ।
टिप्पणीहरू