साउदीले बाटो छेक्यो,जताततै कोरोना फैलियो
१५ महिनादेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो लहरले विश्वलाई झस्काउन थालेको छ । युरोप, अमेरिका हुँदै हाल विश्वका विभिन्न मुलुकमा देखिएको दोस्रो लहर अझ बढी प्राणघातक रहेकाले सजगता अपनाउन सामाजिक सञ्जालमा विश्वव्यापी प्रचार शुरु गरिएको छ ।
छिमेकी मुलुक भारतमा समेत फैलन थालेको कोरोनाको दोस्रो लहरका कारण साउदी अरेबियाले लकडाउन घोषणा गरेको छ । मुलुक बाहिर र भित्र हुने सबै हवाई उडानमा रोक लगाइएको छ । त्यसैगरी,तान्जानियाले पूर्ण लकडाउन थालेको छ भने ब्राजिल फेरि गत वर्षको जस्तै हजारौं मानवीय क्षतिको चरणमा प्रवेश गरेको छ ।
उता,स्पेनले पनि मार्च अन्तिमसम्मको लागि संकटकाल घोषणा गरिसकेको छ । बेलायतले एक महिनाको लकडाउन शुरु गरेको छ । ती सबै देशले दोस्रो लहर पहिलो भन्दा बढी घातक हो भनेर पुष्टि गरेका छन् । त्यसैले अब विश्वका अन्य देशले समेत थप होशियारी र सबै खालका सावधानीहरू अपनाउनुपर्ने अवस्था छ ।
विकसित मुलुकलेझैँ दोस्रो लहर फैलिएको अवस्थामा अन्य अविकसित मुलुकले अब फेरि लकडाउन गर्ने अवस्था छैन । स्पेनिस फ्लुको दोस्रो छालले पनि सन् १९१७ देखि १९१९ सम्म लाखौं मानिसको निधन भएको थियो ।
त्यसका लागि सुरक्षित हुन,मास्क लगाउन,सामाजिक दूरी कायम राख्न र स्वास्थ्य सजगता अपनाउन सबैलाई अनुरोध गरिएको छ ।
हिजोसम्म विश्वमा कोरोना भाइरसबाट १२ करोड ३८ लाख ७७ हजार ६४ जना संक्रमित भएका छन् । ९ करोड,९७ लाख ९८ हजार २ सय ५५ जना निको भएका छन् भने २७ लाख २७ हजार ८ सय ९९ जनाको निधन भइसकेको छ ।
टिप्पणीहरू