आफ्नै मान्छेलाई पुरस्कार

आफ्नै मान्छेलाई पुरस्कार

शिवपुरी साहित्य समाजले आफ्नै कार्यसमितिका सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

आइतबार अध्यक्ष वियोगी बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले कार्यसमिति सदस्य प्रकाश घायललाई २०७६ सालको शिवपुरी गजल सम्मान दिने निर्णय गरेको माइन्युटबाटै प्रष्ट हुन्छ ।

पाँच वटा विषयमाथि निर्णय गरिएको त्यस दिनको बैठकमा कार्यसमितिका ११ जनामध्ये पाँच जनाको उपस्थिति र दस्तखत देखिन्छ । सम्मान गर्ने निर्णय गरिएका प्रकाश घायल पनि बैठकमा अनुपस्थित रहेको बताइन्छ ।

हुन तः मुलुकमा ठूला ठाउँ र ठूला मान्छेले नै आफ्नालाई सम्मान गर्ने प्रचलन बढ्दै गएकाले साहित्यकारहरू पनि अछुतो रहने कुरो भएन ।

हालै गृह मन्त्रालयले पनि आफ्नै मन्त्रालयका सचिवलाई सम्मान र विभुषित गरेको छ । नेपाल सरकारले प्रदान गर्ने तक्मा,पुरस्कारमा पनि आफ्ना मान्छे पाएसम्म अरुलाई दिने गरेको देखिँदैन ।

अहिले शिवपुरी साहित्य समाजले घायललाई दिन खोजेको सम्मानलाई पनि त्यसैको निरन्तरताको रुपमा लिनुपर्ने कार्यसमितिका एकजना सदस्यले बताए ।

टिप्पणीहरू