बिध्यार्थीमा समानान्तर पार्टीको अभ्यास आरम्भ
नेकपा एमाले (नेपाल–खनाल) निकट अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ ।
शैक्षिक विकृतिको अन्त्य गरौं, अनेरास्ववियुलाई एकताबद्ध र सुदृढ बनाऔं भन्ने मूल नारासहित आयोजित भेलामा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे,गोकर्ण विष्ट,अखिलका पाँचौं अध्यक्ष टंक कार्की, एमाले पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, अनेरास्ववियु पूर्वअध्यक्ष ठाकुर गैरे,केन्द्रीय सचिव सुदेश पराजुलीलगायतको उपस्थिति थियो ।
भेलाअघि पब्लिक युथ क्याम्पस ईकाइ समितिका अध्यक्ष रोहन विष्टको नेतृत्वमा निकालिएको जुलुसले नेकपा एमाले जिन्दावाद, अनेरास्ववियु जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद जस्ता नारा लगाएको थियो ।
पब्लिक युथ क्याम्पसबाट निकालिएको जुलुश धोबिचौर, कुश्लेचौर,खुशिबु, सोह्रखुट्टे चोक, अस्कल क्याम्पस, ठमेल, सञ्चयकोष, केशरमहल, दरबारमार्ग, महेन्द्र शालिक, त्रिचन्द्र कलेज हुँदै प्रज्ञा भवन पुगेको हो ।
टिप्पणीहरू